Attestation

कन्सुलर प्रमाणीकरण



प्रमाणीकरण प्रक्रियाः

यस राजदूतावासबाट प्रमाणित गराउनु पर्ने प्रमाणपत्रहरु नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट प्रमाणित भएको हुनु पर्नेछ ।
  • -नोटरी पब्लिक ऐन, नियम अनुसार राजदूतावासबाट कुनै पनि कागजातको प्रतिलिपि प्रमाणित गर्न नमिल्ने व्यहोरा जानकारी गराइन्छ ।
  • – नोटरी पब्लिकबाट प्रमाणित भएका कागजात पुनः यस राजदूतावासबाट प्रमाणित गरिने छैन ।
  • – प्रमाणीकरणको कार्य समान्यतया सोही दिन सम्पन्न गरिने छ ।

प्रमाणीकरण दस्तुरः

    • मञ्जुरीनामा, जमानतपत्र, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित,  नागरिकता र  लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/मृत्यु दर्ता /सम्बन्धविच्छेद  दर्ता  प्रमाणपत्र, ठेगाना प्रमाणित, नाबालक रजिष्ट्रेशन, सबै  प्रकारका  निवेदनहरु, जो जससंग सम्बन्धित छ भन्ने लिखत वा अन्य यस्तै प्रकारका कागजातहरु प्रमाणीकरण वापत शुल्क- थाई भाट १,६०० (एक हजार छ सय मात्र)  
    • बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजातका प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, कबुलियतनामा (Affidavit), उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin) वा यस्तै प्रकारका अन्य कागजातहरु प्रमाणीकरण वापत शुल्क- थाई भाट २,००० (दुई हजार मात्र)

थप जानकारी लागि यस राजदूतावासको Citizens’ Charter हेर्नुहोला ।