Travel Documents

यात्राअनुमति पत्र (Travel Document)

राहदानी नासिएको, म्याद सकिएको अथवा विशेष कारणबाट नेपाल फर्कनको लागि यात्राअनुमति पत्र आवश्यक परेमा निम्न कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछ । आवश्यक प्रकृया पूरा गरी राजदूतावासले नेपाल जानको लागि मान्य हुने गरी छोटो अवधिको एक तर्फी यात्राअनुमति पत्र जारी गर्नसक्ने छ ।

  • – यात्राअनुमति पत्र आवश्यक पर्नाको कारण र हाल वसोवास गरिरहेको ठेगानासहित निवेदनको साथमा राहदानी फारम एकप्रति ।
  • – आफुसंग रहेको राहदानी वा राहदानीको प्रतिलिपि, नागरिकता प्रमाणपत्र र अन्य कागजात ।
  • – हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो ।
  • – यात्राअनुमति पत्रको लागि थाइल्याण्डबाट थाई भाट् १६००। र अन्य मुलुकबाट अमेरिकी डलर ४० को ड्राफ्ट पठाउनु पर्ने छ । थाइल्याण्ड वाहेक अन्य मुलुकबाट प्राप्त हुन आएकोमा फिर्तीको लागि लाग्ने हुलाक खर्च प्रापक स्वयंले तिर्नु पर्नेछ ।
  • – यस प्रकारको कार्य समान्यतया २४ घण्टा भित्र सम्पन्न गरिने छ ।