Press Release on “Democracy Day 2076 celebrated by Embassy of Nepal, Bangkok”

 

प्रेस विज्ञप्ति

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली राजदूतावासले हिजो राजदूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरयो। उक्त कार्यक्रममा महामहिम राजदूत श्री गणेशप्रसाद ढकालले उपस्थित महानुभावहरुलाई स्वागत गर्नुहुंदै यस ऐतिहासिक दिनको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भयो। साथै, उक्त अवसरमा महामहिम राजदूतले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दिनु भएको शुभकामना संदेश पढेर सुनाउनु भयो।

उक्त अवसरमा नेपाल वायुसेवा नियम, गैर आवासीय नेपाली संघ – थाइल्याण्ड, थाइ-नेपाली संघका प्रतिनिधिहरु लगायत नेपाली व्यवसायी तथा थाइल्याण्डका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु एवं राजदूतावासका कर्मचारी तथा परिवारको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा जलपालनको व्यवस्था गरिएको थियो। साथै, सांझ राजदूतावासमा दिपावली गरिएको थियो।

 

नेपाली राजदूतावास

बैङ्कक

२०७६/११/0८