Power of Attorney

अधिकृत वारेसनामा प्रमाणित

विदेशमा वसोवास गरिरहेका नेपाली नागरिकहरुले नेपाल सरकारको कुनै निकायमा पेश गरिने अधिकृत वारेसनामा (अख्तियारनामा) यस राजदूतावासबाट प्रमाणित गराउन सकिनेछ । यसको प्रक्रिया निम्नबमोजिम हुनेछ ।
  • – अधिकृत वारेसनामा प्रमाणीकरण नियोग प्रमुखबाट हुने भएकोले प्रमाणित गर्न राजदूतावासमा आउनुपूर्व समय लिन उपयुक्त हुने ।
  • – अधिकृत वारेसनामा दिने ब्यक्तिले अधिकृत वारेसनामामा नियोग प्रमुखको रोहबरमा हस्ताक्षर तथा ल्याप्चे सहिछाप  गर्नु पर्ने भएकोले सम्बन्धित व्यक्ति स्वयं अनिवार्य रुपमा उपस्थित हुनु पर्नेछ ।
  • – अधिकृत वारेसनामा प्रमाणीकरणको लागि निम्न कागजात पेश गर्नु पर्नेछ ।
    • – प्रचलित कानूनबमोजिम दर्ता भएको कानून व्यवसायीद्वारा नेपाली कागजमा रीतपूर्वक तयार गरी कानून व्यवासायीको प्रमाण पत्र नम्वरसमेत उल्लेख भै सहिछाप भएको अधिकृत वारेसनामाको कागजात दुई प्रति
    • – बिक्री वितरण वा नामसारी गर्न लागिएको भए ब्यक्तिगत सम्पत्तिको स्वामित्वको कागजातको प्रतिलिपि ।
    • – अधिकृत वारेसनामा दिनेको नागरिकताको प्रमाणपत्र र राहदानीका सक्कलै प्रति एवं प्रतिलिपिहरु तथा अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रतिलिपि ।
    • – अधिकृत वारेसनामा दिने र लिनेको हालसालै खिचिएका दुई दुई प्रति फोटाहरु ।
    • – आवश्यकताअनुसार नाता प्रमाणित, मृत्य दर्ता, हकवाला आदिको प्रमाण ।
  • – अधिकृत वारेसनामामा दुइ जना साक्षीको नाम, ठेगाना र सहिछापसमेत हुनु पर्नेछ ।
  • – अधिकृत वारेसनामा प्रमाणीकरणबापत प्रति कागजको ४,००० (चार हजार मात्र) थाई भाट दस्तुर लाग्नेछ ।
  • – अधिकृत वारेसनामा दिने व्यक्तिले राजदूतको रोहवरमा सहिछाप गर्नु पर्ने छ ।
  • – अग्रिम समय लिई आएको अवस्थामा अधिकृत वारेसनामा सोही दिन प्रमाणित हुनेछ ।
  • – यस राजदूतावासबाट प्रदान भएको सेवाको लागि प्राप्त राजश्व दस्तुरको रसिद उपलव्ध गराइनेछ ।