सँशोधित कन्सुलर सेवा दस्तुर

नेपाली राजदूतावास, बैँकक

परिवर्तित कन्सुलर सेवा तथा अन्य दस्तुरसम्बन्धी सूचना

 

यस राजदूतावासबाट प्रदान गरिने कन्सुलर तथा अन्य सेवाहरुको राजस्व दस्तुर यही २०७५ साल श्रावण गते(तदनुसार १७ जुलाई २०१८)  देखि लागू हुने गरी देहायबमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छः

१)                  कल्याणकारी सेवाहररुः

क)     कल्याणकारी प्रकारका सेवाहररुः जस्तै, अंग प्रत्यारोपणका लागि सिफारिस, मृतकको शव सम्बन्धी सिफारिस, खोज तलास तथा उद्धार सम्बन्धी कार्यको सिफारिस, घाइते तथा मृतकको क्षतिपूर्ति सम्बन्धी निवेदन वा यस्तै प्रकारका अन्य सेवाहरु निःशुल्क उपलब्ध गराइने ।

ख)    त्यस्तै, नेपाली नागरिकहरुका लागि गर्नुपर्ने साधारण प्रकृतिका सिफारिस, जस्तै सवारी साधनमा टिकट रिजर्भेशनको लागि सिफारिस, कलेज तथा विद्यालय भर्नाको लागि सिफारिस, डेरा खोज्नका लागि आवश्यक पर्ने सिफारिस आदि समेत निःशुल्क उपलब्ध गराइने । (२०७५ साल श्रावण १५ गते  (तदनुसार ३१ जुलाई २०१८)  देखि लागू हुने गरी सँशोधन भएको ।)

 २)                  प्रमाणीकरणः

क)     प्रमाणीकरण गर्नुपर्ने मञ्जुरीनामा, जमानतपत्र, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित,  नागरिकता  लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म दर्ता/मृत्यु दर्ता /सम्बन्धविच्छेद  दर्ता  प्रमाणपत्र, ठेगाना प्रमाणित, नाबालक रजिष्ट्रेशन, सबै  प्रकारका  निवेदनहरु, जो जससंग सम्बन्धित भन्ने लिखत वा अन्य यस्तै प्रकारका कागजातहरु वापत थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट १,४०० (एक हजार चार सय) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि प्रतिकागजात अमेरिकी डलर ४० (चालीस)

   ख)    तर, शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजातहरुको प्रमाणीकरणवापत थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट १७५ (एक सय पचहत्तर) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि प्रतिकागजात अमेरिकी डलर (पाँच) दस्तुर लाग्नेछ (२०७५ साल श्रावण १५ गते  (तदनुसार ३१ जुलाई २०१८)  देखि लागू हुने गरी सँशोधन भएको ।)

 ग)     बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजातका प्रतिलिपि प्रमाणीकरण वा साई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, कबुलियतनामा (Affidavit), उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin) वा यस्तै प्रकारका अन्य कागजातहरुवापत थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट १,७५० (एक हजार सात सय पचास) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि प्रतिकागजात अमेरिकी डलर ५० (पचास)

 घ)     श्रमिक गन्तब्य मुलुकहरुमा नेपाली श्रमिक लैजान वा पठाउन श्रमिक मागपत्र प्रमाणित गर्दा निम्नबमोजिम दस्तुर लाग्नेछ ।

i) एकदेखि पचीस जनासम्मको मागपत्र प्रमाणित गर्दा थाइल्याण्डको लागि प्रति सेट थाई भाट ८,७५० (आठ हजार सात सय पचास) तथा  यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) को लागि प्रति सेट अमेरिकी डलर २५० (दुई सय पचास)

ii) छब्बीसदेखि एक सय जनासम्मको मागपत्र प्रमाणित गर्दा थाइल्याण्डको लागि प्रति सेट थाई भाट १०,५०० (दस हजार पाँच सय) तथा  यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) को लागि प्रति सेट अमेरिकी डलर ३०० (तीन सय)

iii) एक सय जनाभन्दा बढीको मागपत्र प्रमाणित गर्दा थाइल्याण्डको लागि प्रति सेट थाई भाट १२,२५(बाह्र हजार दुई सय पचास) तथा  यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) को लागि प्रति सेट अमेरिकी डलर ३५० (तीन सय पचास)

)     श्रम गन्तब्य मुलुकहरुमा रहेका श्रमिकहरुलाई ब्यक्तिगत रुपमा आबश्यक पर्ने साधारण प्रकृतिका सिफारिसको लागि  थाइल्याण्डको लागि थाई भाट ३५० (तीन सय पचास) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) को लागि प्रतिकागजात अमेरिकी डलर १ (द)

 ३)         अधिकृत वारेसनामा प्रमाणीकरणः

थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट ३,५०० (तीन हजार पाँच सय) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि प्रतिकागजात अमेरिकी डलर १०० (एक सय)

 ४)         राहदानी नवीकरणः

थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट २,८०० (दुई हजार आठ सय) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि अमेरिकी डलर ८० (असी) । तर, दस वर्षभन्दा कम उमेरका बच्चाबच्चीको लागि आधा दस्तुर लाग्ने र राहदानीको म्याद पाँच वर्षको हुनेछ ।

 ५)            यात्रा अनुमतिपत्रः

थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट १,४०० (एक हजार चार सय) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि प्रतिकागजात अमेरिकी डलर ४० (चालीस)

 ६)                  अस्थायी राहदानीः

थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि थाई भाट ७०० (सात सय) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि अमेरिकी डलर २० (बीस)

 )   गैर आवासीय नेपाली (NRN) परिचयपत्रः

    ) विदेशमा बस्ने नेपालीः थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरुका लागि प्रतिब्यक्ति थाई भाट २,४५० (दुई हजास चार सय पचास) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्ने नेपालीहरुका लागि अमेरिकी डलर ७० (सत्तरी)

     ) नेपाली मूलको विदेशी नागरिकः थाइल्याण्डमा बसोबास गर्नेहरुका लागि थाई भाट ९,४५० (नौ हजार चार सय पचास) तथा यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई, क्याम्बोडिया, लाओस, सिँगापुर र भियतनाम) मा बसोबास गर्नेहरुका लागि प्रतिब्यक्ति अमेरिकी डलर २७० (दुई सय सत्तरी)

 नोटः माथि उल्लेखित दस्तुरहरु बुझाउँदा अन्य मुलुकहरुमा बसोबास गर्ने ब्यक्तिहरुले पनि बैँककस्थित नेपाली राजदूतावासमा सिधै आवेदन गर्न चाहेमा राजस्व दस्तुर थाई भाटमै बुझाउन सक्नेछन् ।