No Objection Letter जारी गरिने बारेको सूचना

सूचना

थाइल्याण्ड र यो राजदूतावास सहप्रमाणित भएका अन्य मुलुकहरु (ब्रुनाई‚ क्याम्बोडिया‚ लाओस‚ सिँगापुर र भियतनाम) मा बसोबास गरिआएका नेपाली नागरिकहरु विभिन्न कामले अन्य मुलुकमा गई भारतीय विमानस्थलबाट हाल आफू बसोबास गरिआएको मुलुकमा फर्किआउदाँ भारतीय विमानस्थलमा नेपाली राजदूतावासको No Objection Letter देखाउन पर्ने र यसको अभावमा आफूहरुले विभिन्न झमेला ब्यहोर्नु परेको भनी केही नेपाली नागरिकहरुबाट यस राजदूतावासमा गुनासो प्राप्त भएको छ ।

यसरी बाहिर गई भारतीय विमानस्थलबाट हाल आफू बसोबास गरिआएको मुलुकमा फर्किआउने नेपाली नागरिकहरुको लागि यस राजदुतावसबाट No Objection Letter जारी गरिदिने ब्यबस्था मिलाइएको छ । तसर्थ‚ यस्तो No Objection Letter आबश्यक पर्ने नेपाली नागरिकहरुले आफू माथि उल्लेखित मुलुकहरुमा कानूनी रुपमा बसोबास गरिआएको प्रमाण र आफूले गर्न लागेको भ्रमणको विवरणसहित यस राजदूतावासमा निवेदन दिई No Objection Letter प्राप्त गर्न सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

नेपाली राजदूतावास‚ बैँकक

२०७६ साल बैशाख ९ गते

२२ अप्रिल २०१९