एक तर्फी यात्रा अनुमतिपत्र

राहदानी च्यात्तिएको, हराएको वा नासिएको हकमा देहायका कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछः

  • स्पष्ट कारण उल्लेख गरी लेखिएको यस दूतावासलाई सम्बोधन गरिएको निवेदन (नमूना)
  • नेपाली नागरिकताको प्रतिलिपी
  • राहदानीको प्रतिलिपी
  • राहदानी हराएको हकमा हराएको दर्ता गरिएको प्रहरी प्रतिवेदन
  • हालसालै खिचिएको 2 प्रति फोटोहरू

विदेशमा जन्मिएको नवजात बच्चाको हकमा देहायका कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछः

  • यस दूतावासलाई सम्बोधन गरिएको निवेदन (नमूना २)
  • बाबु र आमाको नागरिकताको प्रतिलिपी
  • बाबु र आमाको राहदानीको प्रतिलिपी
  • बाबु र आमाको विवाह दर्ताको प्रतिलिपी
  • बच्चाको विदेशको जन्म दर्ता
  • बच्चाको हालसालै खिचिएको 2 प्रति फोटोहरू
  • दस्तुरः 1300 थाइ भाट वा 40 अमेरिकी डलर

बैंक खाताको विवरण

  • Name of the Bank: Bangkok Bank Public Company Limited
  • Account Number: 931-3-500-770
  • Account Name: Embassy of Nepal, Bangkok
  • Bank's Address: Sukhumvit 71 Branch
  • Swift Code: BKKBTHBK

थप जानकारीका लागिः

Mr. Subash Magar, Third Secretary

Contact No. +66846606029 (Available on WhatsApp)

Email: nepalpassportbkk@gmail.com

सबै कागजातहरू दुरुस्त भएको खण्डमा सामान्यतयाः सोही दिन वा अर्को कार्य दिन भित्र एक तर्फी यात्रा अनुमतिपत्र जारी गरिनेछ।