अधिकृत वारेसनामा प्रमाणीकरण सम्बन्धी

  • नेपाल सरकारका कुनै पनि कार्यालय, अड्डा, अदालत वा निकायमा पेश गरिने अधिकृत वारेसनामाको कागजात प्रमाणीकरणका लागि आवेदक स्वयं नै अनिवार्य रूपमा आवश्यक कागजातहरू सहित उपस्थित हुनुपर्नेछ।
  • अधिकृत वारेसनामा महामहिम राजदूतज्यूबाट मात्र प्रमाणीकरण हुने भएकोले अधिकृत वारेसनामाको कागजात प्रमाणीकरणका लागि राजदूतावासमा आउनु पूर्व अधिकृत वारेसनामाका सम्पूर्ण कागजातहरू nepalpassportbkk@gmail.com मा मेल गरी अग्रिम समय (Appointment) लिनु पर्नेछ।

अधिकृत वारेसनामा प्रमाणीकरणका लागि आवश्यक कागजातहरू:

  • अधिकृत वारेसनामा प्रमाणीकरणका लागि महामहिम राजदूतज्यूलाई सम्बोधन गरी लेखिएको निवेदन,
  • नेपालको प्रचलित कानून अनुसार दर्ता भएको कानून व्यवसायीद्वारा निजको प्रमाणपत्र नम्बर समेत उल्लेख गरी, दुई जना साक्षीको नाम, ठेगाना र सहिछाप सहित नेपाली कागजमा रीतपूर्वक तयार गरिएको सक्कल अधिकृत वारेसनामाको कागजात - दुई प्रति,
  • घर जग्गा वा अन्य सम्पत्तिसँग सम्बन्धित अधिकृत वारेसनामा भए सो को सक्कल कागजात र उक्त सम्पत्तिको कर तिरेको प्रमाण/निस्सा र उक्त कागजातहरूको फोटोकपी,
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सो को फोटोकपी,
  • अधिकृत वारेसनामा लिने र साक्षीमा सहिछाप गरिएका व्यक्तिहरूको नागरिकताको फोटोकपी,
  • अधिकृत वारेसनामा दिने र लिने दुवै जनाको हालसालै खिचिएको दुई-दुई प्रति पासपोर्ट साइजको रङ्गिन फोटो,
  • आवश्यकता अनुसार नाता प्रमाणित, जन्म/मत्यु/विवाह दर्ता तथा अन्य कागजातहरू।

अधिकृत वारेसनामा प्रमाणीकरणका लागि लाग्ने राजस्व:

क्र.सं.

सेवा

राजश्व/शुल्क

१

मुद्दा किटान गरिएको/नगरिएको अधिकृत वारेसनामा प्रमाणीकरण

150 थाई भाट

२

तीन पुस्ताभित्र सम्पत्तिको हक हस्तान्तरण गर्ने अधिकृत वारेसनामा प्रमाणीकरण

150 थाई भाट

३

तीन पुस्ता वाहेक अरुलाई सम्पत्ति बिक्री गर्ने वा हक हस्तान्तरण गर्ने अधिकृत वारेसनामा प्रमाणीकरण

1500 थाई भाट

बैंक खाताको विवरण

  • Name of the Bank: Bangkok Bank Public Company Limited
  • Account Number: 931-3-500-770
  • Account Name: Embassy of Nepal, Bangkok
  • Bank's Address: Sukhumvit 71 Branch
  • Swift Code: BKKBTHBK

अधिकृत वारेसनामा सम्बन्धी थप जानकारीका लागिः

Mr. Subash Magar, Third Secretary

Contact No. +66846606029 (Available on WhatsApp)

Email: nepalpassportbkk@gmail.com

The Embassy of Nepal
4/1, Soi 27, Sukhumvit 71 Road, Klong Ton, Watthana, Bangkok 10110, Thailand
Telephone: +662 3902280, 02 3917240 (Office Hours: Monday to Friday from 09:00 to 17:00 hrs)
Fax: +662 3812406