कागजात प्रमाणीकरण
यस राजदूतावासमा कागजात प्रमाणीकरणका लागि आउनु पूर्व ख्याल राख्नु पर्ने कुराहरूः
- यस राजदूतावासमा प्रमाणीकरण गर्नु पर्ने कागजात पहिले देहायबमोजिमको निकायबाट प्रमाणीकरण गरेको हुनुपर्नेछः
|
क्र.सं. |
कागजात उत्पत्तिको देश |
यस दूतावासमा ल्याउनु पूर्व प्रमाणीकरण गर्नुपर्ने निकाय |
|
1. |
नेपालमा बनेका कागजात भएमा |
कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौं |
|
2. |
थाइल्याण्डमा बनेका कागजात भएमा |
थाइल्याण्डको परराष्ट्र मन्त्रालय |
|
3. |
कम्बोडियामा बनेका कागजात भएमा |
कम्बोडियाको परराष्ट्र मन्त्रालय र बैंककस्थित कम्बोडियाको दूतावास |
|
4. |
सिंगापुरमा बनेका कागजात भएमा |
Singapore Academy of Law, Singapore |
|
5. |
भियतनाममा बनेका कागजात भएमा |
भियतनामको परराष्ट्र मन्त्रालय र बैंककस्थित भियतनामको दूतावास |
|
6. |
लाओसमा बनेका कागजात भएमा |
लाओसको परराष्ट्र मन्त्रालय र बैंककस्थित लाओसको दूतावास |
- प्रमाणीकरणका लागि सक्कलै कागजात ल्याउनु पर्नेछ, फोटोकपीमा प्रमाणीकरण गरिदैँन।
आवश्यक कागजातहरूः
- कागजातको विवरण/नाम तथा निवेदकको विवरण खुलाई प्रमाणीकरणका लागि लेखिएको निवेदन (नमूना),
- प्रमाणीकरण गर्नुपर्ने कागजात सक्कल र सो को प्रतिलिपी,
- निवेदकको सक्कल राहदानी र सो को प्रतिलिपी,
- आवश्यकता अनुसार अन्य कागजातहरू।
लाग्ने राजस्वः कागजात प्रमाणीकरणको राजस्व सामान्यतया प्रति कागजात 1300 भाट लाग्नेछ।
बैंक खाताको विवरण
- Name of the Bank: Bangkok Bank Public Company Limited
- Account Number: 931-3-500-770
- Account Name: Embassy of Nepal, Bangkok
- Bank's Address: Sukhumvit 71 Branch
- Swift Code: BKKBTHBK
लाग्ने समयः रित पुगेको कागजात भएमा सोही दिन तर थप बुझ्नु पर्ने खण्डमा सोही बमोजिम खुलेर आए पश्चात।
थप जानकारीका लागिः
Mr. Subash Magar, Third Secretary
Contact No. +66846606029 (Available on WhatsApp)
Email: nepalpassportbkk@gmail.com
The Embassy of Nepal in Bangkok
4/1, Soi 27, Sukhumvit 71 Road, Klong Ton, Watthana, Bangkok 10110, Thailand
Telephone: +662 3902280, 02 3917240 (Office Hours: Monday to Friday from 09:00 to 17:00 hrs)
Fax: +662 381240